आयल निगमबाट ‘ठगी’, पम्पहरुलाई परिमाणभन्दा कम इन्धन !

वैशाख १३ । नेपाल आयल निगमले पेट्रोल पम्पलाई तोकिएको परिणामभन्दा कम तेल डिजेल, पेट्रोल दिएको भेटिएको छ ।
नेपाल गुणस्तर तथा नापतौल कार्यालयले गरेको छड्के अनुगमनमा चार हजार लिटरमा ९९ लिटर कम पेट्रोल दिएको तथ्य फेला परेको हो । गुणस्तर, निगम, आपूर्ति विभाग र पेट्रोल व्यवसायीको संयुक्त टोलीले काठमाडौंको कालीमाटीस्थित माली पेट्रोल पम्पमा सोमबार पेट्रोल ट्यांकरको पेट्रोल नाप्दा परिणामभन्दा कम भेटिएको हो ।
चार हजार लिटर पेट्रोल हुनुपर्नेमा ९९ लिटर नपुगेको गुणस्तर तथा नापतौल बागमती अञ्चल कार्यालयकी शाखा अधिकृत ममता मानन्धरले बताइन् ।
‘क्यालिब्रेसन चार्ट अनुसार तेल आएको छ कि छैन भनेर मापन गरेका हौं, मानन्धरले भनिन्, ‘नमुनाका रूपमा नाप गर्दा कम तेल देखियो ।’ मापदण्ड अनुसार नभएपछि अनुसन्धान सुरू गरिएको उनले बताइन् । –नागरिक
Nepal Oil Corporaion
