पर्यटन

४७ दिनसम्म नुन र हिउ खाएर बाँचे ताइवानी पर्यटक धादिङको टिप्लींगमा

४७ दिनसम्म नुन र हिउ खाएर बाँचे ताइवानी पर्यटक धादिङको टिप्लींगमा

वैशाख १४ । ताइवानका एक २१ वर्षीय पदयात्रीलाई हराएको ४७ दिनपछि धादिङको उच्च हिमाली भेगबाट जिउँदै उद्धार गरिएको छ ।

उच्च भेगमा खोज तथा उद्धार गर्ने टोलीले लियाँग शेंग युएहलाई समुद्र सतहबाट २६ सय मिटर उचाइमा रहेको धादिङ्गको टिप्लींग गाउँस्थित पहाडको एक खोचमा फेला पारेका थिए । उनकी महिला मित्र १९ वर्षीय लिउ चेन चुनको शव नजिकै रहेको थियो ।

लियाँगलाई राजधानी काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनको स्वास्थ्य स्थिति खतरामुक्त रहेको बताइएको छ।

ती पदयात्रीको तौल हप्तौं अगाडि बाटो बिराएयता करिब ३० किलोले घटेको छ । उनको कपालभरि जुम्रा थियो भने उनको एउटा खुट्टामा स्याउँस्याउँ किरा परेका थिए । चिकित्सकहरुका अनुसार उनी खासगरी पानी र नुनको भरमा बाँचेको देखिएको छ ।

उनलाई तत्काल हेलिकप्टर पठाइ तिनको उद्धार गरियो । लियाँग र लिउ ताइवानको नेशनल दङ ह्वा विश्वविद्यालयका पहिलो वर्षका विद्यार्थी थिए ।

Paryatan

विशेष