बैंकिङ

सेञ्चुरी बैंकले ल्यायो बचत खातामा ८ प्रतिशत सम्म ब्याज

सेञ्चुरी बैंकले ल्यायो बचत खातामा ८ प्रतिशत सम्म ब्याज

वैशाख १४ । सेञ्चुरी कमर्सियल बैंकले ग्राहकहरुलाई नयां वर्षको सौगात स्वरुप बचत खातामा अधिकतम प्रतिफल प्रदान गर्ने उद्देश्यले आफ्ना सबै प्रकारका बचत खाताको ब्याजमा उच्च दरले वृद्धि गरेको छ ।

सो अन्तर्गत सेञ्चुरी बैंकमा बचत कर्ताहरुले वार्षिक ८ % सम्म ब्याज पाउनुहुनेछ । २०६७ फाल्गुण २६ गते काठमाडौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा ए.टी.एम्, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, ४ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेपछि बैंकको शाखा संजाल ९० वटा हुनेछन् ।

Century Bank

विशेष