अपराध सुरक्षा

महिलालाई भारत हुँदै ओमान ओसारपसार गर्ने गिरोह पक्राउ

महिलालाई भारत हुँदै ओमान ओसारपसार गर्ने गिरोह पक्राउ

वैशाख – १४ । चेलीबेटी बेचविखन तथा ओसार पसारको आरोपमा केन्द्रीय अनुसन्धान व्यूरोको टोले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको शिपा पोखरी ४ घर भई काठमाडौको जोरपाटी बस्दै ३८ वर्षीय आएका सरोज उर्फ तोकबहादुर तामाङ, झापाको जुरेपानी ५ घर भई बाजबजार बस्दै आएका ४८ वर्षीय मेदनी प्रसाद प्रसाईं र सिन्धुपाल्चोक मार्मिङ ५ घर भई हाल गोकर्णेश्वर बस्दै आएका ३६ वर्षीय निमा तामाङ गरेका छन् । व्यूरोले विभिन्न नाका हुँदै भारतको दिल्ली पुर्याइ वैदेशिक रोजगारीका लागि ओमान पठाइदिने भनी गोंगबुको एक गेष्टहाउसमा राखिएका दुई महिलाको उद्धार गरेको छ । ती महिलाहरुको उजरीका अधारमा उक्त कार्यमा संलग्न गिरोहका तीन जनालाई व्यूरोले काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरुले ग्रामीण क्षेत्रका विपन्न महिलाहरुलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै प्रलोभन देखाएर प्रतिमहिला १ लाख ३० हजारसम्म असुली गर्ने गरेका थिए । उनीहरुलाई मानव बेचविखन तथा ओसार पसारको मुद्दा चलाइएको व्यूरोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । मानव बेचविखन तथा ओसारपसार ऐनमा १० देखि १५ वर्षसम्म कैद र ५० हजार देखि एक लाखसम्म जरिवान हुने कानुनी प्रावधान रहेको छ ।

विशेष