अपराध सुरक्षा

सीके राउतलाई साधारण तारिखमा छोड्न अदालतको आदेश

सीके राउतलाई साधारण तारिखमा छोड्न अदालतको आदेश
वैशाख - १४ । राज्यविरुद्धको संगठित अपराधको मुद्दा खेपिरहेका डा सिके राउतलाई जिल्ला अदालत रौतहटले साधारण तारिखमा छोड्ने आदेश दिएको छ । जिल्ला न्यायाधिश लक्ष्मीराम ढंगेलको इजलासले राउतलाई साधारण तारिखमा छोड्ने आदेश दिएको हो । गत माघ २० गते मधेसमा छुट्टै राष्ट्रका लागि अभियान चलाउँदै आएका सिके राउतलाई प्रहरीले पक्राउ गरेको थियो । स्वतन्त्र मधेस अभियान चलाइरहेका राउतलाई प्रहरीले जनकपुर माछाबजार नजिकै कोठामा छापा मारेर पक्राउ गरेको थियो । सिके विरुद्धको मुद्दामा ३७ जना वकिलले बहस गरिरहेका छन् । सिकेलाई जेलमै राखेर अनुसन्धान गर्ने अदालतले १० दिनको म्याद दिँदै आएको थियो । उनी विरुद्ध विभिन्न ठाउँमा एकै प्रकृतिका १० मुद्दा छन् । माघ ५ गते राउतले सिराहाको लाहानमा सभा राख्दै देश टुक्राउने अभिव्यक्ति दिएका थिए । यसै घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाले उनको नाममा पक्राउ पूर्जी जारी गरेको थियो । इलाका प्रहरी कार्यालय लाहानले पत्राचार गरी राउतलाई पक्राउ गर्न आग्रह गरेपछि उनलाई पक्राउ गरिएको जनकपुर प्रहरीले जनाएको थियो ।

CK Raut सिके राउत

विशेष