अर्थ

भूकम्पले भत्किएको राष्ट्र बैंकको मुख्यालय र बैंकिङ कार्यालय भवन ८ करोडमा बिक्री

भूकम्पले भत्किएको राष्ट्र बैंकको मुख्यालय र बैंकिङ कार्यालय भवन ८ करोडमा बिक्री

वैशाख १५ । दुई वर्षअघि गएको भूकम्पका कारण भत्किएका राष्ट्र बैंकको बालुवाटारस्थित मुख्यालय भवन ललितानिवास र थापाथलीस्थित बैंकिङ कार्यालय भवन थापाथली दरवाररसिंहमहलको सम्पूर्ण संरचना करिब ८ करोड रुपैयाँमा बिक्री भएको छ ।

‘दुबै भवन भत्काएर त्यसमा भएका सबै संरचना ठेकेदार आफैंले लाने गरी सम्झौता भएको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले भने, ‘यसबाट राष्ट्र बैंकलाई ८ करोड रुपैयाँ प्राप्त हुनेछ ।’

पुरातत्व विभागले यी दुई राणाकालिन दरबार भत्काउन स्वीकृति दिएपछि भवन भत्काएर भग्नावशेष बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

नयाँ पत्रिका

विशेष