अपराध सुरक्षा

म्याद गुज्रियो तर अझै पक्राउ परेनन् ढुंगेल

म्याद गुज्रियो तर अझै पक्राउ परेनन् ढुंगेल

वैशाख १५ । बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर्न सर्वोच्च अदालतले प्रहरीमहानिरिक्षकलाई लिखिनिर्देशन दिएको शुक्रबार १५ दिन पुग्छ । तर प्रहरीले ढुंगेललाई पक्राउ गर्ने अदालतको आदेश कार्यान्वयन गरेको छैन् ।

चैत्र ३१ मा सर्वोच्चले ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएका ढुंगेललाई पक्राउ गर्न प्रहरीमहानिरिक्षक प्रकाश आईलाई निर्देशन दिएको थियो ।

अदालतको मुद्दा तथा रिट महाशाखाबाट ढुंगेललाइ पक्राउ गर्ने आदेशसहितको पत्र वैशाख ३ गते प्रहरी प्रधानकार्यालय पुगेको थियो ।

कान्तिपुर

Bal Krishna Dhungel

विशेष