अपराध सुरक्षा

६७ लाख मूल्य बराबरकाे अवैध चाँदीसहित दुई जना पक्राउ

६७ लाख मूल्य बराबरकाे अवैध चाँदीसहित दुई जना पक्राउ

वैशाख – १५ । एक सय किलो चाँदीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा जिल्ला बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का ३२ वर्षीय मनोज गोयल र झापा गाउँपालिका वडा नं. २ बस्ने २७ वर्षीय पुण्यप्रसाद अधिकारी रहेका छन् । मेची अंचल प्रहरी कार्यालयबाट विमान सुरक्षा गार्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । काठमाडौंबाट भरतपुरका लागि छुटेको यूफोर–९५४ नम्बरको बुद्ध एयरको जाहाजमा अवैध चाँदी आउँदै छ भन्ने गोप्य सुराकिका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २० किलो तौल भएको पाँच पोका चाँदी बरामद गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुबाट बरामद गरीको चाँदीको बजार मूल्य ६७ लाख ७२ हजार ९ सय रहेको अंचल प्रहरी कार्यालय मेचीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । पक्राउ परेको दुबै जनाले प्रहरीलाई काठमाडौंका महेन्द्र गोयलले उक्त परिमाणको चाँदी पठाएको बयान दिएका छन् । आवश्यक कारवाही र थप अनुसन्धानका लागि बरमाद चाँदीसहित दुबै जनालाई राजश्व अनुसन्धान पूर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरी पठाएको प्रहरीले जनाएको छ ।

Arrested

विशेष