अर्थ

हिमालय एअरलाइन्सद्वारा हप्ताको तीन दिन काठमाडौं–दुबई सिधा उडान

हिमालय एअरलाइन्सद्वारा हप्ताको तीन दिन काठमाडौं–दुबई सिधा उडान
वैशाख १५ – नेपाल–चीनको सँयुक्त लगानिमा सञ्चालित हिमालय एअरलाइन्सले काठमाडौं–दुबई प्रत्यक्ष उडान सुरु गरेको छ । शुक्रबारबाट एअरवस ए–३२०–२१४ले काठमाडौं–दुबईको प्रत्यक्ष उडान सुरु गरेको हो । शुक्रबार विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट १० बजेर ४० मिनेट जाँदा उडाएर दुबईको अलमकतूम अन्तर्रा्ष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार १ बजेर २५ मिनेट जाँदा अवतरण भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एअरबसले हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्ने छ । जसमा ८ वटा विजनेस क्लास र १ सय ५० वटा इकोनोमि क्लास रहेको छ । एअरलाइन्सले फिस्टेइल ट्राभल्स एन्ड टुरिजम एलएलसी, दुबईलाई युनार्ईटेड अरव अफ इमिरेट्सको लागि जेनरल सेल्स एजेन्ट छनोट गरेको छ । जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकट सेवाको प्रतिनिधित्व गर्ने एअरलाइन्सले जनाएको छ । २०१४ मा स्थापित हिमालय एअरलाईन्स्ले मे ३१, २०१६ देखि कतारको दोहामा आफ्नो सिधा नियमित उडान सुरु गरेको थियो । अहिले एअरलाईन्स्ले मलेसियाको क्वालालम्पुर र म्यानमारको याङगुनमा नियमित सिधा उडान गरिरहेको छ र शुक्रबारदेखि दुबईमा पनि सिधा उडान सुरु गरेको छ ।

Himalayan airline

विशेष