अपराध सुरक्षा

प्रहरी र स्थानीयबीच झडपमा गाेली चल्याे, डीएसपीसहित तीन प्रहरी घाइते

प्रहरी र स्थानीयबीच झडपमा गाेली चल्याे, डीएसपीसहित तीन प्रहरी घाइते
वैशाख – १५ । नेपाल-भारतसीमा पर्ने बाराको सिम्रौनगढ नगरपालिका - ९ कचोर्वामा तस्कर र प्रहरीबीच झडप भएको छ । झडपमा परी प्रहरी नायव उपरीक्षक सहित दुई प्रहरी जवान घाइते भएका छन् । घाइते हुनेमा बाराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मी र प्रहरी जवान महर ठाकुर र नरेश लुंगेली रहेका छन् । प्रहरी नायव उपरीक्षक रेग्मीको गर्दनमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । भारतबाट तस्करी गरे ल्याएको कपडा नियन्त्रणमा लिने क्रममा कपडा तस्करी गर्ने स्थानीय गाउँले र प्रहरीबीच झडप भएको हो । १० लाख मूल्य बराबरको कपडा स्थानीय विश्वनाथ जैसवाल र पशुपति जैसवालको घरमा लुकाइ राखेको भन्ने सुराकीका आधारमा प्रहरीले प्रहरी उक्त कपडा निन्त्रणमा लिने प्रयास गर्दा स्थानीय प्रहरीमाथि ढुंगामुढासहित जाइलागेका हुन् । स्थितिलाई नियन्त्रण लिन प्रहरीले तीन राउण्ड हवाई फायर गरेको थियो । आक्रमणको आरोपमा प्रहरीले स्थानीय लक्ष्मी यादवलाई नियन्त्रणमा लिएको छ ।

Fire

विशेष