एक किलो सुनसहित तीन पक्राउ

वैशाख - १६ । प्रहरीले एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले शनिबार बिहान शिवसतासी नगरपालिकाको झिलझिले भन्ने स्थानबाट उक्त परिमाणको सुनसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम भने सार्वजनिक गरिएको छैन ।
सुन कसको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताउनुभयो । यसअघि शुक्रबार प्रहरीले चन्द्रगढी विमानस्थलबाट एक सय किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको थियो ।
gold