अपराध सुरक्षा

नेपाल प्रहरीले पक्राउ गरेका कुख्यात अपराधी बब्लु देबेको अदालत परिषरमै हत्या

नेपाल प्रहरीले पक्राउ गरेका कुख्यात अपराधी बब्लु देबेको अदालत परिषरमै हत्या

काठमाडौँः भारतमा एक कुख्यात अपराधीलाई अदालत परिषरमै गोली हानी हत्या भएको छ । कुख्यात अपराधी बब्लु दुबेको अदालत परिषरमै गोली हानेर हत्या भएको हो ।

भारतको बक्सार कारागारमा सजाय काटिरहेका बल्लुको वास्तविक नाम मितिलेश दुबे हो । उनलाई बिहीबार बेतिया सिभिल अदालतमा पेश गर्न लागिएको थियो । दुबेलाई अदालतमा पेश गर्ने लिएर जाँदै गर्दा तीन जनाको संख्यामा आएका व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

प्रहरी घेराका बीच लगिएका उनीमाथि अदालत परिसरमै गोली प्रहार भएको हाे । उनको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । मोस्ट वान्टेड सूचीमा रहेका बब्लुलाई २०१३ मा नेपाल प्रहरीले पक्राउ परेको थियो । काठमाडौंबाटै पक्राउ परेका उनलाई एक सातापछि बिहार प्रहरीलाई बुझाइएको थियो ।

विशेष