अपराध सुरक्षा

चार करोड ९२ लाख विदेशी मुद्रासहित ६ जना चिनियाँ नागरिक पक्राउ

चार करोड ९२ लाख विदेशी मुद्रासहित ६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँः महानगरीय प्रहरी अपराध महाशाखाले चार करोड ९२ लाख रुपैयाँ बरबारको विदेशी मुद्रासहित ६ चिनियाँ नागरिकलाई काठमाडौंको नागढुङ्गाबाट पक्राउ गरेको छ । बुधबार बिहान राजधानीबाट केरुङ नाका हुँदै चीन जान लागेका एक पुरुषसहित पाँच महिलालाई नागढुङ्गा नाकाबाट महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ४४ वर्षीय इयो जिन्वान, ४७ वर्षीया टाङ याङ्छियङ्, ३० वर्षीया जिङ शुयाङ, ४७ वर्षीया जहु जिल्याङ्जेङ, ५० वर्षीया छिइ छियोङ र ४४ वर्षीया लिउ छियोमेइ रहेका छन् । उनीहरुले प्रयोग गरेको ग१य ८५० र ग१य ८५५ नम्बरको स्कर्पियो गाडी चेकजाँच गर्दा उनहरुको साथबाट विभिन्न देशको रकम बरामत भएको प्रहरीले जनाएको छ ।

बरामद रकम

प्रहरीले चिनियाँले झोला, थर्मस, जुत्तालगायत शरीरका विभिन्न भागमा लुकाएर लान लागेको विदेशी मुद्रासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । उनीहरुका साथबाट तीन लाख ६६ हजार दुई सय ५० अमेरिकी डलर, ६८ हजार ५० युरो, एक जहार चार सय अस्ट्रेलियन डलर, दुई हजार दुई सय स्वीस फ्र्यांक, दुई लाख पचार हजार जापानी येन, १८ हजार आठ सय ६५ चिनियाँ युयान, एक हजार एक सय पाउण्ड स्टर्लिङ, ७ हजार दुई सय हंकंग डलर र ४६ हजार ६ सय ८० नेपाली रुपैयाँ बरामद गरेको छ ।

विदेशी मुद्रासहित पक्राउ परेका चिनियाँ नगरिकलाई थप अनुसन्धान तथा कारवाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पठाएको प्रहरीले जनाएको छ ।

पक्राउ चिनियाँ नगरिक

विशेष