अपराध सुरक्षा

हेटौडामा सिलिन्डर बम विष्फोट

हेटौडामा सिलिन्डर बम विष्फोट


वैशाख २८ । हेटौंडा उपमहानगरपालिका–१६ हटियामा गएराति अज्ञात समूहले सिलिन्डर बम विस्फोट गराउँदा सोही वडा बस्ने ३६ वर्षीय श्यामप्रसाद दाहाल सख्त घाइते भएका छन् ।

घाइते दाहाललाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

विस्फोट गराएको स्थलमा प्रहरी टोली पुगी छानबिन गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिए ।

बम हेटाैंडा

विशेष