पर्यटन

चारदिने हिमालयन ट्राभल मार्ट जेठमा

चारदिने हिमालयन ट्राभल मार्ट जेठमा

वैशाख २९ । नेपाललाई राम्रो पर्यटकीय गन्तव्य साथै हिमालय प्रवेशमार्ग बनाउन एवं अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छवि सुधार गर्ने प्रमुख उद्देश्यका साथ चारदिने ‘हिमालयन ट्राभल मार्ट’ कार्यक्रम हुने भएको छ ।

आयोजक नेपाल पर्यटन बोर्डले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे विस्तृत् जानकारी गराएको हो । मार्ट आगामी जेठ १८ देखि २१ गतेसम्म काठमाडौंको सोल्टी होटलमा हुने भएकोे छ ।

कार्यक्रममा ६० भन्दा बढी विदेशी क्रेता र ५० भन्दा बढी क्षेत्रीय बिक्रेताको सहभागिता रहनेछ । साथै, कार्यक्रममा विश्वभरिका सयभन्दा बढी पत्रकार र ब्लगरहरुको पनि सहभागिता रहने जनाइएको छ ।

मार्टमा भारत र चीनबाट आएका विशिष्ठ व्यक्तित्वहरुले आफ्ना अनुभव अदान–प्रदान गर्ने कार्यक्रम रहेकोसमेत आयोजकले जनाएको छ ।

Travell Mart

विशेष