अर्थ

चुनाव छाडेर यार्सा टिप्न

चुनाव छाडेर यार्सा टिप्न


वैशाख २९ । वैशाख ३१ का लागि तोकिएको पहिलो चरणको चुनावको तयारी तीव्र भएको छ ।  गोरखाको हिमाली भेगका बासिन्दा भने चुनावमा नफर्किने गरी यार्सागुम्बा टिप्न लेकतिर गएका छन् ।

आउँदो आइतबार हुने चुनाव छाडेर छेकम्पार र चुम्चेतका बासिन्दा छेके र बाजुतिर पुगिसकेको वडाध्यक्ष पदका उम्मेदवार दोर्जे लामाले बताए । वर्षभरिको आम्दानीको स्रोत यार्सागुम्बाको सिजन लागेपछि गाउँलेहरू चुनाव छाडेर गएको उनको भनाइ छ । ’वर्षदिनभरि परिवार पाल्ने आम्दानी छोडेर चुनाव भनेर कहाँ बस्छन् र गाउँले’, एमालेको तर्फबाट वडा नं. ६ का अध्यक्ष पदका उम्मेदवार लामाले भने, ’कोहीकोही त फर्केलान, धेरै त फर्किन्नन् ।

त्यति ठूलो आम्दानी छोडेर हामीलाई भोट दिन बस भन्न पनि मन मान्दैन ।’ यार्सागुम्बा टिपेर उनीहरूको एकदिनको कमाइ कम्तीमा १० हजार रुपैयाँसम्म हुने गर्छ ।

चुमनुब्री गाउँपालिका ६ छेकम्पारमा करिब तीन सय घरका बासिन्दा वैशाख १५ गतेतिर यार्सागुम्बा टिप्न हिँडेका हुन् । उनीहरू दिनभरिको बाटो हिँडेर छेके र बाजु पुगेका अर्का स्थानीय निमा लामाले बताए । चुनाव प्रचारको क्रममा गाउँमा पुग्दा बूढाबूढी र बालबालिकाबाहेक प्रायः सबै लेक गइसकेको उनले बताए । उम्मेदवार भने गाउँमै छन् ।अन्नपूर्ण

Yarsha Gumba

विशेष