बैंकिङ

सेञ्चुरी बैंकद्वारा हकप्रद शेयर विक्री प्रवन्धक नियुक्त

सेञ्चुरी बैंकद्वारा हकप्रद शेयर विक्री प्रवन्धक नियुक्त

वैशाख २९ ।  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्काशन बिक्रि गर्न सुन्धारा काठमाण्डौं स्थित सिभिल क्यापिटल मार्केट लिमिटेडलाई विक्रि प्रवन्धकमा नियुक्त गरेको छ । शुक्रबारसेञ्चुरी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सेञ्चुरी बैंकले ईनोभेटिभ डेमलप्मेन्ट बैंक लिमिटेड, र अरनिको डेभलप्मेन्ट लिमिटडको प्राप्ति पश्चात् एकीकृत पुँजीबाट हकप्रद शेयर विक्रि गर्न लागेको हो । दुबै बैंकको प्राप्तीपछि सेञ्चुरीको एकीकृत पुँजी ४ अर्ब ७१ करोड ३५ लाख ६४ हजार दुई सय १३ पुगेको सञ्चुरी बैंकले मंगलबार जारी विज्ञप्तिमा जनाएको छ । कम्पनीले ४० प्रतिशत अर्थात अक्षरेपी एक अर्व ८८ करोड ५४ लाख २५ हजार सात सय बराबरको शेयर साबिकका शेयरधनीले मात्र खरिद गर्न पाउने गरी हकप्रद शेयर निष्कान गर्न लागेको हो ।

आ.व. २०७३/७४ को चैत्र मसान्त सम्म यस बैंकले कुल निक्षेप रु. ३३.१४ अर्व र कर्जा रकम रु. ३०.०७ अर्व परिचालन गरी रु. ४७.११ करोड सञ्चालन मुनाफा र रु. ३१.०९ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको कम्पनीले जनाएको छ ।

सेञ्चुरी बैंक

विशेष