अर्थ

आउँदो बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहलाई

आउँदो बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहलाई

जेठ १ । आगामी आर्थिक वर्ष २०७४-०७५ को बजेटको ४० प्रतिशत हिस्सा स्थानीय तहका कार्यक्रमका लागि केन्द्रीत हुने भएको छ ।


स्थानीय तहबाट कार्यक्रम कार्यान्वयनका लागि धेरै बजेट माग भएकाले अर्थ मन्त्रालयले पनि त्यसै अनुसार बजेट बिनियोजनको तयारी गरेको हो ।  ‘यो वर्ष प्रदेश गठन नभएकाले स्थानीय तह र केन्द्रीय स्तरबाट कार्यान्वयन गर्ने आयोजनाका लागि बजेट बिनियोजन हुन्छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘त्यसमध्ये करिब ४० प्रतिशत हिस्सा स्थानीय तहले ओगट्ने देखिएको छ ।’

राष्ट्रिय योजना आयोगले ११ खर्ब ५६ अर्ब रुपैयाँको बजेट सिलिङ अर्थ मन्त्रालयलाई पठाएको छ । अर्थले त्यसैअनुसार सम्पूर्ण मन्त्रालयलाई बजेटको सिलिङ तोकेर कार्यक्रम पठाउन भनेको थियो । त्यसको ४० प्रतिशतले हिसाब गर्दा कम्तीमा ४ खर्ब ६२ अर्ब रुपैयाँ बजेट स्थानीय तहमा पुग्नेछ ।

नयाँ पत्रिका

Budget 2074

विशेष