अपराध सुरक्षा

छ लाख ८० रुपैयाँ घुसको रकमसहित नापी सर्वेक्षक पक्राउ

छ लाख ८० रुपैयाँ घुसको रकमसहित नापी सर्वेक्षक पक्राउ

सुरुङ्गा: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ लाख ८० हजार रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालय दमकका एक कर्मचारीलाई आज पक्राउ गरेको छ ।

पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए । सेवाग्राहीको रु ३० हजारमा हुने कामका लागि उनले छ लाख ८० हजार रुपैयाँ रकम मागेपछि पक्राउ गरिएको बस्नेतले बताए ।

मण्डललाई आज दिउँसो अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रङ्गेहात पक्राउ गरेको हो । दमकका एक जग्गा व्यवसायीको प्लटिङको जग्गाको काम मिलाइदिने भन्दै घुस लिँदालिँदै उनलाई पक्राउ गरेको बताइएको छ । 

घुस

विशेष