अर्थ

चीनसँग नेपालको प्रस्ताव– ‘रेल लिंकमा काठमाडौं जोडौं’

चीनसँग नेपालको प्रस्ताव– ‘रेल लिंकमा काठमाडौं जोडौं’

जेठ १ । चीनले केरुङसम्म ल्याउन लागेको रेलमार्गको लिंक काठमाडौंसम्म जोड्न सरकारले चीनलाई आग्रह गरेको छ ।

बेइजिङमा आइतबार सुरु ‘वान बेल्ट वान रोड’ ९ओबर० को अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन आएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ उपप्रधानमन्त्री वाङ याङलाई यस्तो आग्रह गरेका हुन् ।

स्याफ्रुवेशी–रसुवागढी सडक विस्तारमा चीनको सहयोगसम्बन्धी सम्झौताका क्रममा महराले उपप्रधानमन्त्री वाङसँग छुट्टै कुराकानी गर्दै भने, ‘राजधानीलाई चिनियाँ रेलमार्गले जोड्न अत्यावश्यक छ । यसका लागि चीनले सहयोग गर्नुपर्‍यो ।’

सडक विस्तारमा चिनियाँ सहयोगसम्बन्धी सम्झौतालगत्तै दुई देशका उपप्रधानमन्त्रीबीच नेपाल–चीन सम्बन्ध, विकास प्रक्रिया, नेपालमा चीनले गर्ने लगानीलगायत विषयमा छलफल भएको थियो ।

चीनले यसअघि पनि काठमाडौंसम्म रेलमार्ग ल्याउने र त्यो रेललाई पोखरा–लुम्बिनीसम्म लैजाने विषयमा छलफल गरेको अधिकारीहरुले जनाए ।

सोही अवसरमा नेपाल–चीन अन्तरसीमा आर्थिक विकाससम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर भएको छ ।

कान्तिपुर

विशेष