अपराध सुरक्षा

छुरा प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

छुरा प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ

काठमाडौंः छुरा प्रहार गरी हत्या गरी फरार अभियुक्तलार्इ महानगरीय अपराध महाशाखाले पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका–२५ नघल गल्ली बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–६ पुरानोबजारका ‘लम्बु भाई’, ‘रोनिश’ भन्ने २३ वर्षीय भुषण श्रेष्ठलाई प्रहरीले काठमाडौं खिचापोखरीबाट मंगलबार पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२५ नघल गल्ली बाङ्गेमुढामा काठमाडौं शंखमुल बस्ने ललितपुर महानगरपालिका–७ पिलाछेका १९ वर्षीय आतिश लामालार्इ छुरा प्रहार गरी घाइते बनाएको अारोपमा प्रहरीले अभियुक्त श्रेष्ठले पक्राउ गरेको हाे । छुरा प्रहारबाट घाइते भएका लामाको तत्काल उपचारको लागि वीर अस्पतालतर्फ लैजानेक्रममा बाटैमा मृत्यु भएको थियो ।

सोमबार राति भुषण कोठातर्फ जाँदै गर्दा आतिशको राजन पुरीसँग विवाद हुँदै गरेको देखेको तर वास्ता नगरी आफ्नो बाटो लाग्न खोज्दा आतिशले भुषणको गालामा झापड हान्दै धकेलेपछि दुबैजनाबीच घम्साघम्सी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

रिसमा श्रेष्ठले चावी झुन्डाउने रिङमा रहेको छुरा आतिसलाई प्रहार गरी घाइते अवस्थामा छोडी साथी नवीन तण्डुकारको कोठामा गई बसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । १२ कक्षाको परीक्षा दिएर बसेका श्रेष्ठले पशुपति प्लाजा पार्किङमा काम गर्दै अाएका थिए । अभियुक्त श्रेष्ठलाई थप कानुनी कारवाहीको लागि उक्त महाशाखाले महानगरीय प्रहरी वृत्त जनसेवा पठाएको छ ।

पक्राउ

विशेष