अपराध सुरक्षा

दुई करोड १७ लाख ६१ हजार प्रतिबन्धीत भारतीय रुपैयाँसहित १५ जना पक्राउ

दुई करोड १७ लाख ६१ हजार प्रतिबन्धीत भारतीय रुपैयाँसहित १५ जना पक्राउ

प्रतिबन्धित भारतीय रूपैयाँ अोसारपसार गर्ने संगठित गिरोहलार्इ प्रहरीले पक्राउ गरेको छ । सो गिरोहले भारतले प्रतिबन्ध लगाएको पाँच सय र हजारका नोट नेपाल भित्र्याइ अवैध कारोबार गर्ने गरेका थिए । दुई करोड १७ लाख ६१ हजारसहित उनीहरूलार्इ केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

विशेष सूचानाको अधारमा ब्यूरोको टोलीले उनीहरूलार्इ पक्राउ गरेको हो । सोमबार जिल्ला काठमाडौँ कामनपा वार्ड नं ८ विनायक नगर कुमारीगाल, गौरीघाटस्थितमा रहेको कमला भण्डारीको डेरामा खानतलासी लिंदा दुर्इवटा कालो झोलामा भारत सरकारले प्रतिबन्ध लगाएको पाँच सय र हजार दरका नोट ९८ लाख भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

त्यस्तै काठमाडौँ महानगरपालिका वार्ड नं ८ तिलगंगास्थित शम्भु मार्गमा रहेको होटेल पाँचथर अगाडि लु २ च १९० नं को ब्लु स्काई रंगको सेन्ट्रो कारमा लुकाई छिपाई राखिएको ३ वटा कालो रंगको झोलाबाट एक करोड १९ लाख रुपैयाँ बरामद गरेको छ । आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरमा बुझाईएको ।

पक्राउ व्यक्तिको विवरण:
१ मोरङ जिल्ला ईटहरा गाविस - ७ घर भई कामनपा - ८ गौरीघाट बस्ने वर्ष ३३ की कमला भण्डारी ।
२ मोरङ जिल्ला विराटनगर उमनपा वस्ने वर्ष ३२ को दिलिप कुमार लाल ।
३ मोरङ जिल्ला विराटनगर उमनपा - ४ बस्ने वर्ष ४० को मेघ बहादुर थापा ।
४ काठमाडौँ जिल्ला कामनपा - २० भिमसेनस्थान बस्ने बर्ष ४८ को सानुराजा रंजित ।
५ काठमाडौं जिल्ला नागार्जुन - ८ वस्ने वर्ष ४३ को राजकुमार गिरी ।
६ भारत घर भई हाल जिका गणेशस्थान बस्ने वर्ष २७ को अङ्कुर अग्रवाल ।
७ भारतीय नागरिक जिल्ला काठमाडौं कामनपा -१९ ढोकाटोल बस्ने वर्ष ४१ को दिनेश अग्रवाल ।
८ काठमाडौँ जिल्ला कामनपा - २५ चाईनाटाउन बस्ने भारतीय नागरिक वर्ष ४१ को अनिल कुमार पन्साली ।
९ पर्सा जिल्ला आदर्शनगर घर भई कामनपा -१३ बस्ने वर्ष ३७ को सुरेन्द्र कुमार सङ्घाई ।
१० नवलपरासी जिल्ला रामग्राम नपा- १२ बस्ने वर्ष ३४ को संजय कुमार चौधरी ।
११ कास्की जिल्ला पोमपा - १७ बस्ने वर्ष ५८ को नवराज गुरुङ्ग ।
१२ अछाम जिल्ला दर्ना ८ बस्ने वर्ष ३४ को पृथ्वी शाह ।
१३ काठमाडौ जिल्ला कामनपा - ६ बौद्ध बस्ने वर्ष ४७ को मजेन लामा ।
१४ काठमाडौं जिल्ला कामनपा स्वयम्भु १५ बस्ने वर्ष ३८ को अमिरुद्दीन ।
१५ नवलपरासी जिल्ला रामग्राम नपा ८ बस्ने बर्ष ४८ को पूर्ण बासी गुप्ता ।

बरामद भएको सामानहरुको विवरणः
१ रु ५०० दरको २६३२० वटा को नोट को जम्मा रु १,३१,६०,००० 
२ रु १००० दरको ८५०१ वटा को नोट को जम्मा रु ८५,०१,०००
३ बा२ च ९५५२ नंको निसान कार १ 
४ लु २ च १९० नंको सेन्ट्रो कार १ 
५ ग २ च २८१२ नंको कार १ 
६ कालो झोला थान ५ 
७ बिभिन्न कम्पनीको मोबाईल थान - १२

विशेष