सधै घाटा देखाउने आयल निगमले ११ अर्ब नाफा कमायो

जेठ ५ । नेपाल आयल निगमले करिब १० अर्ब रुपैयाँ नाफा कमाएको छ । निगमले ११ महिनाको अवधिमा सो नाफा कमाएको हो ।
सञ्चालन खर्च कटाएर अहिलेसम्म करिब १० अर्ब रुपैयाँ नाफा कमाएको निगमका निमित्त नायव प्रवन्ध निर्देशक नागेन्द्र शाहले बताए ।
स्वचालित मूल्य प्रणालीमा जाने निर्णय गरेपछि निगमले दुई वर्षको अवधिमा सरकारलगायत विभिन्न वित्तीय संस्थाबाट लिएको ३६ अर्ब रुपैयाँ ऋण तिरेर नाफामा गएको थियो ।
नागरिक