अपराध सुरक्षा

साढे दुई किलो अफिमसहित ३ जना पक्राउ

साढे दुई किलो अफिमसहित ३ जना पक्राउ

नेपालगञ्जः साढे दुई किलो अफिमसहित बाँके प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । अञ्चल प्रहरी कार्यालय नेपालगन्जले आज पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ५५१ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरेको जनाएको हो ।

पक्राउ पर्नेमा रुकुम भूमेगाउँपालिका– ३ घर भई हाल दाङ घोराही उपमहानगरपालिका–६ मा डेरा गरी बस्ने २९ वर्षीय अयन रोका, रुकुम सोही ठाउँ घर भई हाल दाङ घोराही उपमहानगरपालिका–६ मै डेरा गरी बस्ने ३६ वर्षीय भागेश्वर रोका र रुकुम भूमेश्वर गाउँपालिका– ३ बस्ने २६ वर्षीय रुपेश पुन रहेका छन् ।

रा २ प ९९५४ नम्बरको मोटरसाइकलमा अफिम लुकाएर ल्याउँदै गरेको भन्ने विशेष सूचनाको आधारमा अञ्चल प्रहरी कार्यालय भेरी र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले बाँकेको राप्ती सोनारी गाउँपालिका – १ कुसुमको चेक प्वाइन्टमा चेकजाँचका क्रममा अफिमसहित पक्राउ गरेको अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी निरीक्षक विश्वराज सिंहले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

लागूअाैषध

विशेष