पेट्रोलियम पदार्थ खोज्न सरकारले ग्लोबल टेन्डर गर्ने
जेठ–६ । सरकारले मुलुकका १० स्थानमा पेट्रोलियम अन्वेषण गर्न पुनः ग्लोबल टेन्डर गर्ने भएको छ। पेट्रोलियम अन्वेषणका लागि यसअघि भएका सबै प्रयास असफल भएपछि सरकारले नयाँ टेन्डर गरेर अन्वेषणलाई पुनः अघि बढाउने भएको हो । यसकालागि नियमावली संशोधन गरेर प्रक्रिया अघि बढाइसकिएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए ।
सरकारले सन १९९० को दशकदेखि पेट्रोलियम अन्वेषणको प्रक्रिया अघि बढाएको थियो । तर अन्वेषणको जिम्मा पाएका कम्पनीले अन्वेषण नगरी लाइसेन्स मात्रै ओगटेर बसे ।
नयाँ पत्रिकाबाट