अपराध सुरक्षा

एमाले कार्यकर्ताको आक्रमणबाट निर्वाचित अध्यक्ष घाइते

एमाले कार्यकर्ताको आक्रमणबाट निर्वाचित अध्यक्ष घाइते


जेठ ७ । धादिङको ज्वालामुखी गाउँपालिकामा विजय जुलुसमा सहभागी भएर घर फर्कँदै गरेका काँग्रेस कार्यकर्तालाई बाटो छेकेर एमाले कार्यकर्ताले आक्रमण गर्दा धादिङको मैदीमा सात जना घाइते भएका छन् ।

शनिबार साँझ भएको आक्रमणमा घाइते भएका सात जना कांग्रेस कार्यकर्तालाई सदरमुकाम ल्याउँदै गरिएको जानकारी धादिङ काँग्रेसका पूर्व सभापति रामनाथ अधिकारले दिए ।

‘बाटो ढुकेर आक्रमण गरिएको रहेछ । घरेलु हतियारले आक्रमण गरिएको जानकारी छ ।’ घाइते हुनेमा धादिङ जिल्ला सचिव तथा ज्वालामुखी गाउँपालिकाका प्रमुख विनोद तिमिल्सिनासहित अन्य सात जना काँग्रेस कार्यकर्ता छन् ।

विशेष