अपराध सुरक्षा

बाघको छाला र सालकको खपटासहित ६ जना पक्राउ

बाघको छाला र सालकको खपटासहित ६ जना पक्राउ

काठमाडौंः संरक्षित वन्यजन्तु बाघको छाला र सालकको खपटा सहित ६ जनालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत दार्जिलिङ मिरिक नगरपालिका–३ का ४७ वर्षीय फुर्चुङ भोटिया, संखुवासभा चेपुवा गाविस–५ बस्ने ३८ वर्षीय जुप्प लेण्डुक भोटे, खोटाङ कुभिण्डे गाविस–८ बस्ने ३९ वर्षीय दिवश राई, काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–१ बस्ने २६ वर्षीय साजन बस्नेत, रामेछाप भिरपानी गाविस–२ बस्ने २८ वर्षीय अभिमन्यु खत्री र म्याग्दी बरङ्जा गाविस–१ बस्ने १९ वर्षीय भरत सापकोटा रहेका छन् ।

उनीहरुलाई संरक्षित वन्यजन्तु सालकको खपटा ४४ केजी सहित काठमाडौं महानगरपालिका–७ चावहिलबाट तथा संरक्षित वन्यजन्तु वाघको छाला १ थान सहित काठमाडौं महानगरपालिका–१४ कलंकीबाट उनीहरुले प्रयोग गरेका को२४ प १२५७ नम्बर र बा६४ प ३३५८ नम्बरका पल्सर मोटरसाइकल २ थान सहित ब्यूरोले पक्राउ गरेको हो । उनीहरुलाई आवश्यक कानूनी कारवाहीको लागि ब्यूरोले जिल्ला वन कार्यालय काठमाडौंमा बुझाएको छ ।

विशेष