अपराध सुरक्षा

प्रतिबन्धीत ५० लाख ५० हजार भारतीय रुपैयाँसहित ओसार पसार गर्ने गिरोह पक्राउ

प्रतिबन्धीत ५० लाख ५० हजार भारतीय रुपैयाँसहित ओसार पसार गर्ने गिरोह पक्राउ

काठमाडौंः प्रतिबन्धीत भारतीय रुपैयाँ ओसार पसार गर्ने गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेका छ । उनीहरूलार्इ प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले काठमाडौँ बुढानिलकण्ठबाट सोमबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौँ बुढानिलकण्ठ नगरपालिका–२ बस्ने भारत हरियानाका ३४ वर्षीय किरण बर्मा भन्ने किरणकुमार सोनी र सोही ठाउँ बस्ने ४० वर्षीय अनिलकुमार सोनी रहेका छन् । विभिन्न नाकाहरू हुँदै अबैध तरिकाले भारतले प्रतिबन्ध लगाएको ५ सय र १ हजार रुपैयाँका नोटहरू नेपालमा भित्राई काठमाडौँ लगायत विभिन्न स्थानहरुमा अबैध रुपमा कारोबार भैरहेको भन्ने सूचनाका अाधारमा उनीहरूलार्इ प्रहरीले पक्राउ गरेको हो । 

ब्यूरोबाट अनुसन्धानमा खटिएको प्रहरीले किरणकुमारको डेरा कोठाबाट ५ सय दरका २ हजार ६ सय थान तथा १ हजार दरका ३ हजार ७ सय ५० थान गरी जम्मा ५० लाख ५० हजार भारतीय रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको छ । उनीहरुलाई आवश्यक कारवाहीको लागि ब्यूरोले मंगलबार राजश्व अनुसन्धान विभाग, हरिहर भवन, ललितपुरमा बुझाएको प्रहरी जनाएको छ ।

विशेष