हुकिङ गरी विद्युत चुहावट गर्ने २६ पक्राउ

लहान : हुकिङ गरी विद्युत चुहावट गर्ने २६ जनालाई आज पक्राउ गरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लहानले जरिवाना तिराएको छ ।
प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनको क्रममा जिल्लाको विभिन्न स्थानमा विद्युतीय सामग्रीसहित पक्राउ परेका २६ जनाबाट रु एक लाख ४३ हजार जरिवाना असुल गरेको छ । टोलीले सिरहाको मोतिपुर, खुर्कीयाही, सोठियाइन, सखुवा नन्कारकट्टी लगायत स्थानबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिए ।
पक्राउ परेकाबाट २७ थान पानी तान्ने मोटर, एक थान पङ्खा, मेसिन, दुईथान टीभी लगायतका सामग्री समेत बरामद गरिएको प्रमुख यादवले बताए ।
हुकिङ विद्युत चुहावट सिरहा