अर्थ

बूढीगण्डकीको निर्माणको जिम्मा गेजुवालाई

बूढीगण्डकीको निर्माणको जिम्मा गेजुवालाई


जेठ १० । सरकारले बहुचर्चित १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलबिद्युत आयोजना निर्माणको जिम्मा बिनाप्रतिस्पर्धा चाइना गेजुवा एन्ड वाटर ग्रुप कम्पनीलाई दिने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को मंगलाबर बसेको बैठकले राष्ट्रिय गौरबको आयोजना इन्जिनियरिङ प्रेक्युरमेन्ट, कन्स्ट्रक्सन एण्ड फाइनान्स मोडलमा निर्माण गर्ने जिम्मा सोझै चिनियाँ कम्पनीलाई दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले उक्त आयोजनाको जिम्मा गेजुवालाई दिइएको जानकारी सरकारका प्रवक्ता सुचना तथा संचारमन्त्री सुरेन्द्र कार्कीले दिए ।

सम्झौतापत्रमा हस्ताक्षर भएपछि चिनियाँ कम्पनीले औपचारिक रुपमा निर्माणको जिम्मा पाउने छ ।

Budi Gandaki

विशेष