अपराध सुरक्षा

चितुवाको छालासहित एकजना पक्राउ

चितुवाको छालासहित एकजना पक्राउ

सुर्खेत: सुर्खेतमा चितुवाको छालासहित एक जना पक्राउ परेका छन् । प्रहरीले बिहीवार जिल्लाको गुर्भाकोट नगरपालिका वडा नम्बर १३ गुमीका ३० वर्षीय गान्धी अर्याललाई पक्राउ गरेको हो ।

उनलाई घरैबाट चितुवाको छालासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। अर्यालको घरमा चितुवाको छाला रहेको सूचना पाएपछि प्रहरीले उनको घरमै पुगेर पक्राउ गरेको हो । घरको भित्तामा झुण्ड्याएर राखेको अवस्थामा ६ फिट ५ इन्च लम्बाई र १ फिट ८ इन्च चौडाई भएको चिुतवाको सुकाएको छाला फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सुर्खेतका प्रहरी प्रमुख एसपी मोहन आचार्यले चितुवाको छाला जिल्ला वन कार्यालय सुर्खेतलाई बुझाएको बताए । उनका अनुसार पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान भइरहेको छ ।

यस्तै प्रहरीले वीरेन्द्रनगर-१४ स्थित लादेबाट सालको काठ बरामद गरेको छ । सडक छेउमा लुकाएको अवस्थामा राखिएको २५ थान चिरान काठ बरामद गरिएको प्रहरीले जनाएको छ । १५ क्यूफिट उक्त काठ पनि जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ ।

चितुवा सुर्खेत

विशेष