पर्यटन

सरकारले धार्मिक पर्यटनलार्इ अर्थतन्त्रको प्रमुख अाधारका रूपमा विकास गर्ने

सरकारले धार्मिक पर्यटनलार्इ अर्थतन्त्रको प्रमुख अाधारका रूपमा विकास गर्ने

काठमाडाैँः सरकारले पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने नीति लिएको छ । 


राष्ट्रपति विद्यादेवी भण्डारीबाट आज व्यवस्थापिका–संसद्मा प्रस्तुत सरकारको आगामी आवको आर्थिक वर्षको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा जोड दिइएको छ । धार्मिक पर्यटनलाई बढावा दिने नीतिअनुरुप सरकारले लुम्बिनी, पशुपति, जनकपुरधामलगायत धार्मिकस्थलको विकासलाई निरन्तरता दिने भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिलाई निरन्तरता दिनाका साथै प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायत राष्ट्रिय गौरवका विमानस्थलको निर्माणलाई तीव्रता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले हवाई उड्डयन क्षेत्रलाई थप सुरक्षित बनाई नयाँ हवाई मार्गको पहिचान गरी द्विदेशीय सम्झौता गरिने जनाएको छ । नेपालको कला, संस्कृति, भाषाको सम्बद्र्धन, संरक्षण र विकासमा अझ तीव्रता दिइने नीति लिने सरकारले विशेष गरी लोपोन्मुख जाति, आदिवासी, जनजातिको भाषा, संस्कृति र सम्पदाको संरक्षण एवम् विकासलाई जोड दिनेछ ।

विशेष