अर्थ

एकै वर्षमा ११ हजार रुपैयाँभन्दा बढीले बढ्यो नेपालीको प्रतिव्यक्ति आय

एकै वर्षमा ११ हजार रुपैयाँभन्दा बढीले बढ्यो नेपालीको प्रतिव्यक्ति आय

जेठ १४ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३र ७४ का अनुसार चालू आवमा नेपालीको प्रतिव्यक्ति आम्दानी ८ सय ५३ अमेरिकी डलर करीव ९० हजार ५ सय २१ रुपैयाँ पुगेको छ । नेपालीको प्रतिव्यक्ति आय एकै वर्षमा ११ हजार रुपैयाँभन्दा बढीले बढेको देखिएको छ ।

सर्वेक्षणका अनुसार गत आवमा नेपालीको यस्तो प्रतिव्यक्ति आय ७ सय ५७ अमेरिकी डलर ९करीव ७९ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।

चालू आवमा प्रतिव्यक्ति आय गत आवको तुलनामा १४ दशमलव १ प्रतिशतले बढेको सर्वेक्षणमा उल्लेख छ । गत आवमा यस्तो आय ४ दशमलव १ प्रतिशतलेमात्र बढेको थियो ।

त्यस्तै, चालू आवमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय पनि बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको छ । अघिल्लो आवमा यस्तो आय ७ सय ५७ अमेरिकी डलर थियो ।

चालू आवमा देखिएको उच्च आर्थिक वृद्विका कारण नेपालीको प्रतिव्यक्ति आम्दानी पनि बढेको हो । चालू आवमा झण्डै ७ प्रतिशतको आर्थिक वृद्वि हासिल हुने सरकारको प्रक्षेपण छ ।


प्रतिव्यक्ति आए बढेसँगै नेपालीको प्रतिव्यक्ति खर्चयोग्य आम्दानी पनि बढेको छ । सर्वेक्षणका अनुसार चालू आवमा यस्तो प्रतिव्यक्ति खर्चयोग्य आम्दानी ३९ हजार १ सय ४२ पुगेको छ । यो गत आवको भन्दा ३ दशमलव ६ प्रतिशतले बढी हो ।

त्यस्तै, गत आवमा २७ हजार ८९ रुपैयाँ रहेको स्थिर मूल्यमा प्रति व्यक्ति कुल गार्हस्थ्य उत्पादन चालू आवमा ६ दशमलव १ प्रतिशतले बढी २८ हजार ७ सय ३३ रुपैयाँ पुगेको प्रक्षेपण सर्वेक्षणले गरेको छ । अघिल्लो आवमा स्थिर मूल्यमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा शून्य दशमलव ९ प्रतिशतले ह्रास आएको थियो ।

nepal economy

विशेष