अर्थ

यस्तो छ २०७४-७५ बजेको (पूर्णपाठसहित)

यस्तो छ २०७४-७५ बजेको (पूर्णपाठसहित)

जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७४-७५ का लागि १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँको वार्षिक आय व्यय विवरण बजेट प्रस्तुत गरेको छ ।

व्यवस्थापिका संसद्मा आज अपराह्न अर्थमन्त्री कृष्णवहादुर महराले संसदमा बजेट प्रस्तुत गर्दै चालु खर्च ८ खर्ब २ अर्र्ब ५३ करोड रुपैया“ छुट्याएको जानकारी दिनुभएको हो । पूँजीगत खर्चतर्फ ३ खर्ब ३५ अर्ब २७ करोड छुट्याइएको छ भने वित्तीय व्यवस्थापनका लागि एक खर्ब ४० अर्ब विनियोजन गरिएको छ । सरकारले स्थानीय तहका लागि साधारण अनुदान एकखर्ब ४८ अर्ब र ससक्त अनुदान ७६ अर्ब ४१ करोड छुट्याएको छ ।

त्यस्तै प्रदेशका लागि ७ अर्ब ३४ करोड छुट्याएका छुट्याइएको छ । सरकारले राजस्वबाट ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ उठाउने सरकारी लक्ष्य राखेको छ । साँवा फिर्ताबाट १५ अर्ब र वैदेशिक सहायतबाट ७२ अर्ब रुपैयाँ उठाइने सरकारी लक्ष्य छ । यसैगरी २ खर्ब १४ वाह्य ऋण र ए खर्ब ४५ अर्ब आन्तरिक ऋण उठाउने सरकारी योजना छ ।

बजेटको पूर्णपाठका लागि यहाँ थिच्नुहोस्

विशेष