अर्थ

बजेट आज सार्वजनिक गरिदैं, यस्तो छ बजेटको आकार

बजेट आज सार्वजनिक गरिदैं, यस्तो छ बजेटको आकार

जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७४–७५ को बजेट आज सार्वजनिक गर्दै छ ।

अपराह्न ४ बजे बस्ने संसद् बैठकमा अर्थमन्त्री कृष्णबहादुर महराले बजेट सार्वजनिक गर्ने तयारी गरेका छन् । दुई चरणको स्थानीय तहको निर्वाचनका बीचमा आचारसंहितासमेत लाग्ने भएकाले पुरानै कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको सरकारले बजेटको आकार चालु आर्थिक वर्षभन्दा २ खर्ब रुपैयाँ बढीको बनाउने तयारी गरेको छ ।

चालु वर्षको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँको छ । अर्थमन्त्री महराले १२ खर्ब ८० अर्ब रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षमा ७ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी राजश्व उठाउने र यस वर्ष खर्च नभएको कम्तिमा ८० अर्ब बच्ने भएकाले १२ खर्ब ८० अर्बकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको हो ।

सरकारले मुलुकको अर्थतन्त्रको आकार २६ खर्ब रुपैयाँ पुग्ने जनाएको छ ।

Budget 2074

विशेष