अर्थ

दुई पांग्रेमा ८० प्रतिशत कर, कुन मोटरसाइकलको कर कति ?

दुई पांग्रेमा ८० प्रतिशत कर, कुन मोटरसाइकलको कर कति ?

जेठ १६ । दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ ।


सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ ।

दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३र०७४ मा बढाइएको थियो ।

२५० सिसि सम्मको मोटरसाइकलको पहिलेकै वार्षिक कर कायम गरिएको थियो भने २५१ सिसिदेखि माथिका सबै मोटरसाइकलको वार्षिक कर वृद्धि गरिएको थियो ।

त्यसैगरी अटो रिक्सा, थ्री ह्विलर र टेम्पोको वार्षिक कर पनि वृद्धि गरिएको छ।

विद्युतीय दुई पांग्रे सवारी साधनलाई पनि करको दायरामा ल्याइएको छ। १५ सय वाट क्षमताको दुई पांग्रे सवारी साधनको कर ११० हजार तोकिएको छ ।

त्यस्तै १५०१ देखि माथिका दुई पांग्रे सवारी साधनलाई १२ हजार कर लाग्ने व्यवस्था चालु आवको बजेटले गरेको छ ।

तर यी सवारी साधानमा सरकारले वार्षिक ५० प्रतिशत छुट दिने नीतिका कारण वार्षिक रूपमा क्रमशः ५ र ६ हजार मात्र कर लाग्दै आएकोछ ।

कुन मोटरसाइकलको सडक कर कति पुग्यो 

१२५ सिसिसम्मको मोटरसाइकल १० हजार
१२६देखि २५० सम्म १२ हजार
२५१देखि ४०० सम्म १५ हजार
४०१देखि माथि सबै २० हजार

कुन मोटरसाइकलको वार्षिक कर कति पुग्यो 

१२५ सिसि सम्म २५ सय
१२६-२५० सम्म ४ हजार
२५१देखि ४०० सम्म ८ हजार
४०१देखि माथिका सबै १५ हजार


कारोबार

विशेष