अपराध सुरक्षा

हतियारसहित २ जना पक्राउ

हतियारसहित २ जना पक्राउ


जेठ १६ । दुई छुट्टाछुट्टै स्थानबाट हतियारसहित प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ ।

छिनन्नमस्ता गाउँपालिकास्थित बिसनपुरकट्टी चोकबाट प्रहरीले एक थान भारतीय पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान गोलीसहित सोही ठाउँका १९ वर्षीय आदित्य शर्मालाई पक्राउ गरेको छ ।

त्यसैगरी जनतान्त्रिक मुक्ति मोर्चा क्रान्तिकारीको पर्चासहित रुपनी १ का ३३ वर्षीय मोहमद नसिरलाई पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले जानकारी दिए । उनलाई राजविराज नगरपालिका–८ बाट नियन्त्रणमा लिइएको हो ।

hat hatiyar

विशेष