अपराध सुरक्षा

३३ हजार हतियारले निर्वाचन सुरक्षामा चुनौती उत्पन्न गराउने खतरा

३३ हजार हतियारले निर्वाचन सुरक्षामा चुनौती उत्पन्न गराउने खतरा
वैशाख २० । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सरकारले चुनाव अवधिमा लाइसेन्सप्राप्त हतियार बुझाउन सूचना जारी गरे पनि हजारौंले अटेर गरेका छन् । करिब ३५ हजारमध्ये ९ सय ३६ ले मात्र प्रशासनमा हतियार बुझाएका छन् । गृहमन्त्रालयले १५ वैशाखभित्र लाइसेन्सप्राप्त हतियार बुझाउन सूचना जारी गरेको थियो । तर करिब ३३ हजार हतियार विभिन्न व्यक्तिले बुझाएका छैनन् । यसले निर्वाचनमा सुरक्षा चुनौती थपिएको प्रहरी अधिकारीहरु बताउँछन् । लाइसेन्स लिएकामध्ये थोरैले मात्र हतियार बुझाएको गृहमन्त्रालयका सहायक प्रवक्ता जनार्दन गौतमले बताए । नयाँ पत्रिका

Gun

विशेष