कुलमानले अघि सारे अर्को योजना, अब २ सय मेगावाट बिजुलीको माग घटाइने
वैशाख–२० । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ कम गर्न भन्दै २ करोड थान लिड बल्ब बाँड्ने योजना अघि सारेको छ । प्राधिकरणले काठमाडौं उपत्यकालाई लोडसेडिङमुक्त र काठमाडौ बाहिर न्युनीकरण गर्न २ सय मेगावाट विद्युत माग घटाउने योजनाअन्तर्गत उक्त योजना अघि सारेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त योजना अघि सारेका हुन् । तिहारदेखि उपत्यकालाई लोडसेडिङमुक्त र बाहिर दुई घण्टामात्र लोडसेडिङ गर्दै आएको प्राधिकरणले सबैभन्दा बढी विद्युतको माग हुने पुस र माघ महिनामा २ सय मेगावाट माग घटाउने योजना अघि सारेका हुन् ।
मूल्य अभिवृद्धि कर र अन्य करबाहेक उत्तः बल्बको मूल्य प्रतिगोटा ६५ रुपैयाँ भारतीय रुपैयाँ पर्न आउने बताइएको छ । –बुधबार साप्ताहिकबाट