अपराध सुरक्षा

खुकुरी प्रहार गरेकाे अाराेपमा एक पक्राउ

खुकुरी प्रहार गरेकाे अाराेपमा एक पक्राउ
वैशाख - २० । धारिलो हतियार खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले एक जनालार्इ पक्राउ गरेकाे छ । प्रहरीले रोल्पा जुगार -७ घर भई काठमाडौँकाे मुलपानी बस्ने ३६ बर्षीय एमेन्द्र ओलीलाई पक्राउ गरेकाे हाे । ओलीले मंगलबार इलाम घर भइ हाल काठमाडौँ महानगरपालिका–९ तिलगंगा बस्ने ३५ बर्षीय खेम चौलागाईलाई खुकुरी प्रहार गरेकाे अाराेपमा प्रहरीले पक्राउ गरेका हाे । घाइते चाैलागार्इंकाे काठमाडाैं मेडिकल कलेज (केएमसी) सिनामंगलमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

पक्राउ

विशेष