अपराध सुरक्षा

विराटनगरबाट २२ किलो लागूऔषध गाँजासहित दुई पक्राउ

विराटनगरबाट २२ किलो लागूऔषध गाँजासहित दुई पक्राउ
वैशाख – २० । विराटनगर – १० हाटखोलाबाट बुधबार बाइस केजी गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विराटनगर बजारबाट हाटखोलातर्फ सिटी सफारीमा जाँदै दुई जनाले चेकजाँच गर्दा सुटकेश भित्र लुकाएर लैजादै गरेको सो परिणमको गाँजासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मोरङ भाथिगछ–२ काजितेन ठाकुर र ज्योतिषकुमार राजवंशी रहेको मोरङका एसपी सन्दिप भण्डारीले जानकारी दिएका छन् । शंका लागि चेक जाँचगर्दा साथमा रहेको सुटकेश भित्र गाँजाका २२ वटा पोका फेला परेको भण्डारीले बताए । प्रहरीले गाँजासहित पक्राउ परेको ठाकुर र राजवंशीलाई लागू औषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरी म्यादथप गरेको छ । उनीहरु सँगै सिटी सफारी चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

पक्राउ

विशेष