अपराध सुरक्षा

नेपाल कम्युनिष्ट पार्टीका २ कलाकार पक्राउ

नेपाल कम्युनिष्ट पार्टीका २ कलाकार पक्राउ
बैशाख २१ । नेपाल कम्युनिष्ट पार्टीसंग आवद्ध दुई जना कलाकारलाई रोल्पाको सदरमुकाम लिबाङबाट विहीबार प्रहरीले पक्राउ गरेको छ। पक्राउपर्नेमा नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवम् जलजला सांस्कृतिक परिवार रोल्पाका अध्यक्ष हिमाल पुन छन्। पक्राउ पर्ने अर्का एक जनाको नाम भने खुल्न सकेको छैन्। सांस्कृतिक कार्यक्रम देखाउँदै गर्दा दुबै जनालाई प्रहरीले पक्राउ गरिएको जनाएको छ। यसभन्दा अघि सो पार्टीले जिल्लाका सुलिचौर र घर्तीगाउँमा सांस्कृतिक कार्यक्रम देखाइसकेको सो पार्टी रोल्पाका सदस्य सन्तोष सुवेदीले जानकारी दिए। शान्तिपूर्ण ढङ्गले आफ्नो कला प्रस्तुत गरिरहेका बेला सांस्कृतिक कार्यक्रम गर्न पाउने अधिकारमा समेत सरकारले हस्तक्षप गरेको भन्दै तुरुन्त रिहा गर्न सुवेदीले स्थानीय प्रशासनसँग आग्रह गरे। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख रामप्रसाद घर्तीले भने सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिइएको बताए।

पक्राउ

विशेष