अपराध सुरक्षा

चुनाव विरोधी गतिविधि गर्ने विप्लव माअाेवादीका तीन कार्यकर्ता पक्राउ

चुनाव विरोधी गतिविधि गर्ने विप्लव माअाेवादीका तीन कार्यकर्ता पक्राउ
वैशाख - २३ । सिन्धुलीमा निर्वाचन विरोधी गतिविधि गर्ने तीनजना विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यक्रर्ता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली गोलन्जोर–७ का जुद्ध बहादुर विश्वकर्मा, कमलामाई नगरपालिका–२ का सुजन श्रेष्ठ र हरिहरपुरगढी गाउँपालिकाका बोधराज घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभासचन्द्र बोहोराले जानकारी दिए । उनीहरुले विभिन्न स्थानमा चुनाव विरोधी गतिविधि गरेको जानकारी आएपछि पक्राउ गरिएको बोहोराले बताए । उनका अनुसार तीनैजनालाई सार्वजनिक अपराध ऐनअनुसार कारबाही हुनेछ । उनीहरुले मनोनयन दर्ताको काम सकेर चुनावी प्रचारप्रसारमा लागेका विभिन्न दलका उम्मेदवारलाई जवर्जस्ती मनोनयन फिर्ता लिन लगाउने, घरमा कालो झन्डा गाड्ने, चुनावी प्रचार प्रसार नगर्न र बन्द गर्न धम्की दिनेलगायतका काम गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ

विशेष