अर्थ

डेरीलाई दूध अभाव, भारतबाट ल्याएर बिक्री

डेरीलाई दूध अभाव, भारतबाट ल्याएर बिक्री
वैशाख २५ । दूग्ध प्रशोधन उद्योग डेरीलाई कच्चा दूध अभाव भएको छ । निजी क्षेत्रका उद्योग र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले दूध प्रशोधन गरी बजारमा बिक्री गर्दै आएका छन् । स्वदेशी दूध मागअनुसार उपलब्ध नभएपछि उद्योगले भारतबाट दूध आयात गरिरहेका छन् । डेरी उद्योगले गत फागुनदेखि कच्चा दूधको समस्या व्यहोर्दैआएका हुन् । व्यवसायीले भूकम्पको समयमा दूध उत्पादन हुने पकेट क्षेत्रमै ठूलो परिमाणमा दूधालु गाई र भैंसी मरेकाले त्यसको प्रत्यक्ष प्रभाव अहिले परेको बताएका छन् । फागुनदेखि साउनसम्म दूध उत्पादन कम हुने अर्थात् ‘सुक्खा समय’ मानिन्छ । तर, गत वर्षकै तुलनामा यो वर्ष दूध उत्पादन घटेको छ । डेरी उद्योग दैनिक अहिले करिब ४० प्रतिशत दूधको अभाव व्यहोर्न बाध्य छन् । केन्द्रीय दूध सहकारी संघका अध्यक्ष नारायण देवकोटाले कम दूध उत्पादन हुने समय भएकाले अहिले करिब २० प्रतिशतले उत्पादनमा कमी आएको जानकारी दिए । यसबाहेक गाईभैंसी मरेर र लागत मूल्य नपाउँदा किसान पलायन भई थप ३० प्रतिशतले दूधको उत्पादनमा कमी आएको छ । अन्नपूर्ण पोस्ट

विशेष