पर्यटन

४० पाइलटको टेन्डम प्याराग्लाईडिङ परीक्षा सम्पन

४० पाइलटको टेन्डम प्याराग्लाईडिङ परीक्षा सम्पन

वैशाख – २५ । नेपालकै पहिलो प्याराग्लाईडिङ स्कुल बाबु एड्भेन्चर्स स्कुलबाट सञ्चालित टेण्डम प्याराग्लाईडिङ परीक्षा सम्पन्न भएको छ । बाबु एड्भेन्चर्स स्कुल र नागरिक उड्ययन प्राधिकरणको रहोबरमा बाबु एड्भेन्चर्स स्कुल मुख्य कार्यलय भीरकोट नगरपालिका ५ स्वरेक स्याङजामा परीक्षा सम्पन्न भएको हो । प्रशिक्षक दामोदर पराजुली, बालकृष्ण बसेल साथै प्रमुख प्रशिक्षक सानो बाबु सुनुवार सहजकर्ताको रुपमा रहेका थिए भने नागरिक उड्ड्यन प्राधिकरणका प्रतिनिधि परीक्षा एब्जरभरको विशेष भुमिकामा परीक्षा सम्पन्न भएको थियो । टेन्डम परीक्षा उत्तीर्ण भएपछि उक्त पाइलटहरु ब्यवसायीक रुपमा लाइसेन्स प्राप्त गर्नको लागि योग्य रहेको छ । ४० जनाको सहभागिता रहेको परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक गरी दुई चरणमा सम्पन्न भएको थियो । जसमा रबिन अधिकारी, प्रभात खड्का र मनिष हिराचनले क्रमशः प्रथम, द्धितिय र तृतिय स्थान हासिल गरेका छन् भने बाँकी सबै विद्यार्थी उत्तिर्ण भएका छन् । मनोरञ्जनात्मक रुपमा विकास हुँदै आइरहेको प्याराग्लाईडिङ क्षेत्र पछिल्लो समय नेपालमा व्यवसायीक रुपमा पनि उत्तिकै अघि बढिरहेको छ । जसमा स्वदेशी तथा विदेशी पर्यटकहरुको निम्ति अति आकर्षणको केन्द्र बनेको पाइन्छ । विश्वको सर्बोच्च शिखर सगरमाथाको चुचुरोदेखि समुन्द्रसम्म प्याराग्लाइडिङ गरी विश्वमा चर्चा कमाउन सफल सानो बाबु सुनुवारले औपचारिक रुपमा केहि बर्ष यतादेखि नेपालमा प्याराग्लाईडिङ स्कुल बैधानिक रुपमा सञ्चालनमा ल्याएका हुन् । जसमा प्याराग्लाईडिङ सम्बन्धि बिगिनर लेभलदेखि प्रशिक्षक लेभलसम्मको तालिमहरु उपलब्ध गराई दक्ष पाइलट उत्पादन गर्ने काम गर्दछ । आगामी यहि सेप्टेम्बर १ देखि फेरी उक्त स्कुलमा नयाँ बिगिनर प्याराग्लाइडिङ कोर्ष सञ्चालनमा आइरहेको जानकारी स्कुलका मेनेजर अनिल सुनुवारले जानकारी दिए ।

विशेष