अपराध सुरक्षा

एमालेको चुनावी कार्यक्रममा कांग्रेसको आक्रमण

एमालेको चुनावी कार्यक्रममा कांग्रेसको आक्रमण
वैशाख–२५ । स्याङ्जामा एमालेको चुनावी घरदैलो कार्यक्रम भइरहेको समयमा कांग्रेस कार्यकर्ताहरुले एमाले कार्यकर्ताहरु माथि खुकुरी प्रहार गरेका छन् । चापाकोट नगरपालिका–६ धारापानीस्थित एमालेका नेता किशोर विक्रम मल्ल, शोभियत ढकाल, रामचन्द्र भट्टराई र नगरका मेयर उम्मेदवार डा.बद्धिमान श्रेष्ठले घरदैलो कार्यक्रम गरिरहेको समयमा कारण बिना एक्कासी आक्रमण भएको प्रत्यक्षदर्शी स्थानीय निरबहादुर थापाले बताए । स्थानीय प्रशासनमा र प्रहरीमा पहिलेदेखि नै सुरक्षाको विषयलाई लिएर लिखित सूचना दिएको भएतापनि सुरक्षा मजबुद नहुँदा कांग्रेस कार्यकर्ताको खुकुरी प्रहार गरी चार जना घाइते भएको उनले बताए । उनको अनुसार स्थानीय डिल्लीराम खनाल, सनबहादुर थापा, पदम विक र बेलबहादुर विक घाइते भएका छन् । खुकुरी प्रहारको कारण भने खुल्न नसकेको एमालेका नेताहरुको भनाई छ ।

आक्रमण एमाले काँग्रेस स्याङ्जा

विशेष