अर्थ

भरुवा बन्दुक बनाउँदै गर्दा दुई पक्राउ

भरुवा बन्दुक बनाउँदै गर्दा दुई पक्राउ
वैशाख–२५ । भरुवा बन्दुक बनाउने दुई जनालाई लमजुङ बेँसीसहर–९, बिम्दाबाट आज प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा बेँसीसहरका २८ वर्षीय मनोज विक र २५ वर्षीय प्रदीप विक छन् । मध्यरातको समयमा भरुवा बन्दुक बनाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताए। निर्वाचन केन्द्रित सुरक्षा योजनाअनुसार गस्तीमा गएको प्रहरी टोलीले उनीहरुको साथबाट एउटा तयारी भरुवा बन्दुक र अर्को बनाउँदै गरेको भरुवा बन्दुक बरामद गरेको उनले बताए । उनीहरुसँग तयारी बन्दुकको अनुमतिपत्र नभएको र कानुन विपरीत हतियार बनाइरहेको भेटिएकाले दुवै जनालाई हात हतियार खरखजनाअन्तर्गत मुद्दा चलाइने प्रहरी नायव उपरीक्षक खरेलले जानकारी दिए । स्थानीय चुनाव लक्षित गर्दै यसअघि जिल्ला सुरक्षा समितिले इजाजत भएका हतियार प्रशासनमा बुझाउन आग्रह गरेको थियो । प्रशासनले दिएको समयसीमा भित्र जिल्लामा ६३ जनाले हतियार बुझाएका छन् ।  

Myadi Police

विशेष