अपराध सुरक्षा

यस्ता छन् ‘बाहुबली २’ ले प्रदर्शनको दश दिनमा बनाएका रेकर्ड

यस्ता छन् ‘बाहुबली २’ ले प्रदर्शनको दश दिनमा बनाएका रेकर्ड

वैशाख २६ । यतिबेला भारतीय सिने जगतमा तरंग पैदा भएको छ । फिल्म ‘बाहुबली २’ ले गर्दै आएको कमाइले सबैलाई स्तब्ध बनाइदिएको छ ।

सायद अबको रेकर्ड तोड्न निकै मुश्किल होला भन्दै बलिउड पण्डित र केही कलाकारहरुले यसकाे टिप्पणी गर्दै आएका छन् ।

‘बाहुबली २’ ले बनाएका केही उत्कृष्ट रेकर्ड यस्ता छन् ।

विश्वभर १ हजार करोडको व्यापार गर्ने पहिलो भारतीय फिल्म । ट्रेड एनालिस्टका अुनुसार फिल्मले दश दिनमा विश्वभर १ हजार ५५ करोडको व्यापार गर्न सफल भएको छ । योभन्दा पहिले आमीर खानको ‘पिके’ सार्वधिक कमाई गर्ने पहिलो भारतयि फिल्म बनेको थियो । पछि त्यसको रेकर्ड पनि आमीर खानके फिल्म ‘दंगल’ ले तोडेको थियो ।

घरेलु बक्स अफिसमा पनि ३ सय करोडको व्यापार गर्ने पहिलो भारतीय फिल्म हो ‘बाहुबली २’ ।  उत्तर अमेरिकामा दश करोडको व्यापार गर्ने पहिलो फिल्म बन्न सफल भयो । दश दिनमा फिल्मले १ सय ६ करोडको व्यापार गर्न सफल भएको थियो ।

फिल्मले प्रदर्शन भएको पाँच दिनमै घरेलु बक्स अफिसमा जम्मा पाँच दिनमै फिल्म ‘दंगल’ को जीवनभरको कमाइको रेकर्ड तोडेको थियो । घरेलु बक्स अफिसमा प्रदर्शनको दोस्रो दिन नै सार्वधिक कमाई गर्ने पहिलो भारतीय सिनेमा ।

घरेलु बक्स अफिसमा फिल्म रिलिजकोपहिलो दिनमै एक करोडभन्दा बढि व्यापार गर्ने पहिलो भारतीय फिल्म ।  रिलिज भन्दा अघि सबभन्दा बढि एडभान्स बुकिङ भएको भारतीय फिल्म । रिपोर्टअनुसार फिल्मको लागि ३६ करोड रुपैँया बराबरको टिकट एडभान्स बुकिङ भएको थियो । यो भन्दा पहिलो आमीर खानको ‘दंगल’ १८ करोडको सार्वधिक एडभान्स बुकिङ भएको थियो ।

विशेष