पर्यटन

मध्य अफ्रिकामा राष्ट्रसङ्घका एक शान्तिसेनाको हत्या, चार बेपत्ता

मध्य अफ्रिकामा राष्ट्रसङ्घका एक शान्तिसेनाको हत्या, चार बेपत्ता
वैशाख - २६ । संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापनार्थ खटिएका शान्ति सेनाकोे कामका सिलसिलामा मध्य अफ्रिकामा हत्या भएको छ भने चारजना वेपत्ता भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । 'मध्य अफ्रिकामा सहयोगको सामान लिएर गएको समूहमाथि सोमबार राति आक्रमण हुँदा एक जना शान्ति स्थापनार्थ खटिएका राष्ट्रसङ्घबाट यहाँ खटिएका सेनाको हत्या गरिएको छ भने चार जना बेपत्ता भएका छन्,' मध्य अफ्रिकास्थित राष्ट्रसङ्घीय शान्ति अभियानले जनाएको छ । हत्या गरिएका राष्ट्रसङ्घीय दूत कम्बोडियाका रहेको बताइएको छ । घटनामा एक कम्बोडियालीसहित सात मोरक्कन नागरिक घाइते भएका अभियानले बताएको छ । राष्ट्रसङ्घले वेपत्ता शान्ति सेनाको खोजी गर्न हेलिकोप्टर पठाइसकेको छ । आक्रमणकारी घटनापछि नजीकैको झाडी हुदै फरार रहेको बताइएको छ । एएफपी

Sagarmatha

विशेष