अपराध सुरक्षा

खुर्पा प्रहार गरी हत्या गर्ने पक्राउ

खुर्पा प्रहार गरी हत्या गर्ने पक्राउ

नवलपरासीः खुर्पा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजनालार्इ पक्राउ गरेको छ ।  मध्यबिन्दु नगरपालिका–१४ राकांचुली बस्ने ३० वर्षीय होमबहादुर दर्लामीलाई नवलपरासी प्रहरीले पक्राउ गरेको हो ।

दर्लामीले शनिबार सोही ठाउँ बस्ने ९० वर्षीय ईन्द्रबहादुर पछाई र ७४ वर्षीय तिलिसरा सोमै मगरलाई खुर्पा प्रहार गर्दा पछाईको घटनास्थालमै मृत्यु भएको थियो । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका मगरको अरुणखोलास्थित मेडिकलमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । 

विशेष